पच्चीस हजार नगदसहित श्रीलंकामा भएको खुल्ला कराते प्रतियोगिताका बिजेतालाई सम्मान-अध्यक्ष श्रेष्ठ


पच्चीस हजार नगदसहित श्रीलंकामा भएको खुल्ला कराते प्रतियोगिताका बिजेतालाई सम्मान-अध्यक्ष श्रेष्ठ

नवौं केन्वाकाई अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता श्रीलंकाको बदुल्ला शहरमा २०८१ साउन २६ गते देखि ०८१ भदौं १ गतेसम्म भएको प्रतियोगितामा बिजेतामा गजुरी गाउँपालिका खेलाडीहरु लाई गजुरी गाउँपालिका सरकारले नगद पुरस्कार सहित सम्मान गरेको छ।

आइतबार कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले नवौं केन्वाकाई अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता श्रीलंकामा भएको खेलमा जितेर आएका खेलाडीहरुलाई जननी पच्चीस हजारका दरले ६ जना खेलाडीलाई नगद सहित सम्मान गर्नुभएको हो।

नेपालबाट १९ जना खेलाडी लिएर श्रीलंका पुगेका प्रमुख प्रशिक्षक धादिङका रमेश अधिकारीका अनुसार धादिङका आर्नव रेग्मीले दुई स्वर्ण जित्न सफल भएका छन् भने, नियन श्रेष्ठ, सन्देश श्रेष्ठ, अज्जन श्रेष्ठ र रोनित श्रेष्ठले १-१ स्वर्ण पदक जित्न सफल हुँदा धादिङबाट सहभागि अर्को खेलाडी सनिस श्रेष्ठ ले भने स्वर्णपदक जित्न चुकेका छन् ।

नेपालबाट १९ जना खेलाडी सहभागी थियौं । नेपालका लागि १२ स्वर्ण सहित २ सिल्भर,६ कास्य जित्न सफल भए सँगै श्रीलंकामा नेपाल टिम समग्रमा दोस्रो हुन सफल भएको रमेश अधिकारीले बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस