गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीको निर्देशनमा गाउँपालिका प्रहरी प्रमुख केशरमान श्रेष्ठको नेतृत्वमा अव्यवस्थित बसोबासलाई ब्यवस्थित ठाउँमा लगेको छ।
गजुरी गाउँपालिकाले अस्थायी रुपमा फोहोर फ्याक्दै आएको ठाँउ नजिकै बस्दै आएका गजुरी-६ राम्चे निवासी कृष्ण परियार नाम गरेका ब्यक्तिलाई गजुरी गाउँपालिकाको वडा नं.५ कार्यालय नजिकै टेन्टकाे अस्थायी घर निर्माण गरि खाद्यान्न,लत्ताकपडा लगायत आवश्यक पर्ने सम्पुर्ण सामाग्री सहयोग गरि व्यवस्थापन गरिएको हाे ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |