अनेमसंघ गजुरीको आयोजनामा तिज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सप्पन्न


अनेमसंघ गजुरीको आयोजनामा तिज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सप्पन्न

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)गजुरी गाउँपालिका कमिटीको आयोजनामा हरितालिका तिज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ।

हरि तालिका तिज विशेष कार्यक्रम आदर्श बहुमुखी क्याम्पस गजुरीमा भएको हो।कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने( सुबोध),विशेष अतिथी गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, गजुरी वडा नम्बर १,५, ६, ८ का अध्यक्षहरु तारा भण्डारी, गोबिन्द लामिछाने, कर्ण तामाङ, देवराज ओझा लगायतको उपस्थित रहेको थियो ।

साथमा पार्टीका अन्य ब्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा तिज बिशेष कार्यक्रमलाई उत्कृष्ट बनाउनका लागि शुभकामना गीतका साथमा महिलाहरुले आफ्ना गित साथै नृत्य समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका सचिव प्रमुख अतिथि दिपक लामिछाने(सुबोध)ले महिलाहरुको तिज बिशेष कार्यक्रमको शुभकामना दिदैँ महिलाहरुलाई रमाउने र बर्षभरिको दुख बिर्सेर खुशी साटासाट ब्यक्त गर्ने पर्व रहेको बताउनुभयो।

यस हरितालिका तिज पर्वको शुभकामना आदानप्रदान तथा दर खाने महिलाहरुको महान चाडपर्व,सांस्कृतिक,बहुसांस्कृतिक,बहुधार्मिक विभिन्न भाषा धर्म भेषभुषाहरुले भरिएको देश हो।महिलाहरुले लडेर हात हतियार सहित युद्ध गरेर लेराएको गणतन्त्र हो।

कार्यक्रममा गजुरी गाउँपालिका सरकार प्रमुख एवं गा.पा.अध्यक्ष गणेशलाल श्रेष्ठले महिलाहरुको हरितालिका तीज भएकोले आमा दिदी बहिनीहरु जम्मा हुने र खुशी साटासाट गर्ने पर्व हो। गाउँपालिका भित्रका महिलाहरुको लागि विभिन्न कार्यक्रमहरु सिलाईबुनाई,टपरी बनाउने,माला,पोते,जस्ता कार्यक्रम लेराइएको हो। घरभित्र मात्र रहने भन्ने हुँदैन रोजगारीमा जोडिने,नयाँ सीप सम्बन्धि तालिमहरु लेराउन गाउँपालिका सरकार लागेको समेत बताउनुभयो।

पालिका सरकार आए लगत्तै धेरै योजनाहरु ल्याएको र महिला उद्यमशिल कार्यक्रमहरुलाई समेत अझ प्रभावकारी बनाउने उदेश्यका साथ निरन्तर लाग्ने र रोजगारीमा जोडेर आयआर्जन तर्फ जोड दिने बताउदै उहाँले आउँदै गरेको हरि तालिका तिजको शुभकामना समेत दिनुभएको कार्यक्रम सन्चालक सुनिता पाण्डेले बताउनुभयो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस