अविरल बर्षाको कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २१, शुक्रबार (४ महिना अघि)
  • १७१ पटक पढिएको

अविरल बर्षाको कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।

शुक्रबार लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला गाउँपालिकाको खाडुखोला,जिरीखोला,कालापैरा खोला,बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

आज शुक्रबार लोकमार्ग अन्तर्गत बागलुङको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्ड पूर्णरूपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला- ४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए।

लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौँलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन्  भने काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन् ।

पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौँबाट गएका रात्रि बस बुर्तिबाङमै रोकिएको वडाध्यक्ष पौडेलको भनाइ छ । अहिले पनि निरन्तर भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन समय लाग्ने उनले जानकारी दिए।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस