देश बनाउन ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्ने: उपसभापति अर्याल

सामाजिक सञ्जालबाट साभार।
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ भाद्र २२, शनिबार (१ महिना अघि)
  • ९० पटक पढिएको

देश बनाउन ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्ने: उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरु जन्माउनुपर्ने बताएका छन्।

शनिवार पार्टीको सिन्धुली–काठमाडौँ सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले आफ्नो पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने बताए।

उनले देशलाई परिवर्तन गरी समृद्ध बनाउनका लागि हरेक वडामा गरेर ३६ हजार १०७ जना रवि जन्माउनुपर्ने र आफूहरु त्यही अभियानमा लागेको बताए।

उनले रवि बन्नका लागि आचारसंहिताको पालना गर्नुपर्ने भन्दै सबैलाई आचारसंहिता पालना गरी संगठन निर्माणमा लाग्न आग्रह गरे।

उपसभापति अर्यालले आफूहरु पार्टी स्थापना गर्दाको संकल्पबाट विचलित नभएको भन्दै पार्टी स्थापनाको उद्देश्यमा कायम रहेको दावी गरे। उनले भ्रष्टाचार गर्नेलाई रास्वपामा कुनै ठाउँ नभएको स्पष्ट पारे। रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस