धादिङ//नेपाल तमु गुरूङ विधार्थी छोंज धी जिल्ला कार्य समिति धादिङको अध्यक्षमा रेखबहादुर गुरूङलाई निर्वाचित गराइएको छ ।
शनिबार धादिङबेशीमा सम्पन्न भएको छैंटौ जिल्ला अधिवेशनबाट अध्यक्षमा रेखबहादुर गुरूङ निर्वाचित वरिष्ठ उपाध्यक्षमा मनु गुरूङ ,उपाध्यक्षमा पृथ्वी गुरूङ,सचिवमा प्रशान्त गुरूङ, कोषाध्यक्षमा विन्दु गुरूङ, संगठन विभाग प्रमुखमा विशाल गुरूङ, प्रचार प्रसार प्रमुखमा शिशिर गुरूङ, शैक्षिक विभाग प्रमुखमा पासाङ गुरूङ, भाषा साहित्य विभाग प्रमुखमा सुशिल गुरूङ र महिला विभाग प्रमुखमा रोजिना गुरूङ निर्वाचित भएको हो।सदस्यहरूमा अप्सना गुरूङ,अमृता गुरूङ, सुजता गुरूङ ,दिपिका गुरूङ, सलिन गुरूङ,विनिता गुरूङ र मनिका गुरूङ निर्वाचित भएको हो।
नेपाल तमु गुरूङ विधार्थी छोंज धी जिल्ला कार्य समिति धादिङका अध्यक्ष अनिल गुरूङको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेपाल तमु गुरूङ विधार्थी छोंज धीका केन्द्रिय कोषाध्यक्ष रोहित गुरूङको प्रमुख आतिथ्यतामा पदाधिकारीहरु चयन गरिएको हो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |