गल्छिको सोती खोल्सामा भिरबाट लडेर बिसुन्केको निधन


गल्छिको सोती खोल्सामा भिरबाट लडेर बिसुन्केको निधन

धादिङ// गल्छी गाउँपालिका वडा नं.४, बिरुवाटार सोती खोल्सामा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५२ वर्षीय ठुलो कान्छा बिसुन्के रहेको छ।सोमबार साँझ ५ बजेको समयमा बिसुन्के गल्छीबाट पैदल कार्कीडाँडा जाने भित्री सडक खण्डको भिरबाट ५० मिटर तल खसी मृत्यु भएको हो।

मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लेराइएको प्रहरी कार्यालय गजुरीले जानकारी जानकारी दिनुभएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस