पूर्वाधार विकासमा सरकारको पहिलो प्राथमिकता-प्रधानमन्त्री ओली

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २७, बिहिबार (३ महिना अघि)
  • १३२ पटक पढिएको

पूर्वाधार विकासमा सरकारको पहिलो प्राथमिकता-प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकास सरकारको पहिलो  प्राथमिकता भएको बताएका छन्।

नेपाल उद्योग परिसंघ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन सम्मेलन, २०२४’लाई सम्बोधन गर्दै नेपालमा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताएका हुन।

राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटन लाइन आदिको विकासमा सरकारले प्राथमिकता दिएको उनले उल्लेख गर्नुभएको हो। कोभिड १९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनरुत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने दावीसमेत गरेका छन।

पूर्वाधार भौतिक संरचनामात्र नभई अर्थतन्त्रको जीवन र भविष्य निर्माण गर्ने जग भएको बताए। नेपालमा आर्थिक वृद्धि र सामाजिक विकासलाई बढावा दिन पूर्वाधार क्षेत्र अत्यावश्यक रहेको पनि उनले बताए।उनले पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार सधैँ तयार रहेको बताए।

संघीयतासँगै पूर्वाधारको आवश्यकता बढेको उनको भनाइ थियो।प्रधानमन्त्री ओलीले तीनै तहका सरकारबीचको सहकार्य निकै बलियो भएको भन्दै आर्थिक समृद्धितर्फको साझा लक्ष्यका लागि स्थानीय, प्रदेश र संघीय सरकारका पूर्वाधार आवश्यकतालाई सुव्यवस्थित बनाउन सकिने बताएका छ्न।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस