नेपाल ट्रिपर तथा ट्रक ब्यवसायी समितिको तेह्रौ बार्षिक साधारण सभा सप्पन्न


नेपाल ट्रिपर तथा ट्रक ब्यवसायी समितिको तेह्रौ बार्षिक साधारण सभा सप्पन्न

नेपाल ट्रिपर तथा ट्रक ब्यवसायी समिती चन्द्रागिरी काठमाडौको तेह्रौ बार्षिक साधारण सभा सप्पन्न भएको छ।

शुक्रबार नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको प्रमुख आतिथ्यता,विशेष अतिथि चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी,नेपाल ट्रिपर तथा ट्रक ब्यवसायी समितीका पुर्व अध्यक्ष साथै गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ,बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष विवेक थपलिया,नेपाल ट्रिपर तथा ट्रक ब्यवसायी समितीका प्रमुख सल्लाहाकार हरि डल्लाकोटी लगायतको उपस्थितमा साधारण सभा सम्पन्न भएको हो।

ग्रिनल्याड ब्यान्क्वेट एण्ड रेस्टुरेन्ट प्रा.लि. चन्द्रागिरी थानकोटमा आयोजना गरिएको सभामा उपस्थित हुन सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरिएको उपाध्यक्ष राजु सत्यालले बताए । समितिका अध्यक्ष कृष्णप्रसाद पन्तको अध्यक्षतामा आयोजना हुने सभामा सचिव प्रदिप बस्नेतले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष राजन श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक बर्षभर गरेका कार्यक्रमहरुलाई उक्त सभामा प्रस्तुत गरिएको समितिका सचिव प्रदिप बस्नेतले जानकारी दिए।

स्वागत मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष शिव झोलाले राख्नुभएको हो।सभाको उद्घाटन सत्रमा वर्षभरी दुर्घटना नगराउने चालकहरुलाई सम्मान गरिनेछ । गोलाप्रथाद्धारा उत्कृष्ट ५ चालकहरुलाई नगद सहित सम्मान गरिने उपाध्यक्ष राजु सत्यालले जानकारी हाम्रो दैनिकलाई दिनुभएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस