न्यु किबो बोर्डिङ धादिङले विश्व प्राथमिक उपचार दिवस मनाए:जिल्ला सभापति तामाङ

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ भाद्र ३०, आईतबार (६ दिन अघि)
  • ३९ पटक पढिएको

न्यु किबो बोर्डिङ धादिङले विश्व प्राथमिक उपचार दिवस मनाए:जिल्ला सभापति तामाङ

नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल न्यु किबो बोर्डिङ धादिङ ले प्राथमिक उपचार सम्बन्धि विभिन्न अभ्यासहरु गरि विश्व प्राथमिक उपचार दिवस मनाइएका छ्न।

नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको समन्वय र युवा रेडक्रस सर्कल न्यु किबो बोर्डिङको आयोजनामा विश्व प्राथमिक उपचार दिवसको कार्यक्रम सप्पन्न भएको छ।

विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार युवा रेडक्रस सर्कल न्यु किबो बोर्डिङका अध्यक्ष सन्जिवनी श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा, नेपाल रेडक्रस सोसाइटी, धादिङ जिल्ला शाखाका महामन्त्री, मिम बहादुर श्रेष्ठ प्रमुख अतिथी, नेपाल रेडक्रस सोसाइटी, धादिङ जिल्ला शाखाका अध्यक्ष दुर्लभ कुमार तामाङ विशिष्ट अतिथी, विद्यालय प्रीन्सीपल तथा युवा रेडक्रस सर्कल, न्यु किबो बोर्डिङ संरक्षक, अतिथी र नारायण कुमार श्रेष्ठ लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

नेपाल रेडक्रस सोसाइटी, धादिङ जिल्ला शाखालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्न विद्यालयलाई प्राथमिकतामा राखी सहयोग र समन्वय गरिदिनको लागि धादिङ जिल्ला शाखालाई अनुरोध गरेका छ्न।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस