भरतपुरको गाईघाटमा माइक्रो बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३०, आईतबार (६ दिन अघि)
  • ६९ पटक पढिएको

भरतपुरको गाईघाटमा माइक्रो बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

गजुरी/नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ गाईघाटमा हाइस माइक्रो बसले ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् ।

कावासोतीबाट काठमाडौं जाँदै गरेको प्र–३–०१–००५ ख ९७६६ नम्बरको माइक्रो आज बिहान ६ बजे ठक्कर दिँदा तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ५ बस्ने ४१ वर्षीय सुकलाल गुरुङ गम्भीर घाइते भएका हुन् ।

घाइते गुरुङलाई सोही माइक्रो बसले उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजमा ल्याएको छ ।बाटो क्रस गर्ने क्रममा गुरुङलाई माइक्रो बसले ठक्कर दिएको थियो ।

उनको टाउको र खुट्टामा चोट लागेको छ ।माइक्रो बस र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस