अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलनबाट अध्यक्षमा पौडेल निर्वाचित


अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलनबाट अध्यक्षमा पौडेल निर्वाचित

अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलनबाट अध्यक्ष पदमा पौडेल निर्वाचित भएका छ्न।पौडेलले उक्त पदमा २३२ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी अशोक देवकोटालाई पराजित गरेका हुन् ।

देवकोटाले १४३ मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का उम्मेदवार सरोज भण्डारीले ६२ मत पाएका हुन।त्यस्तै ५ जना उपाध्यक्ष पदमा सन्तोष चौहान, हरि बहादुर खड्का, अस्मिता ठकुरी, ममता पाण्डे र क्षेत्र कुमार तामाङ निर्वाचित भएका छन् ।

३ खुल्ला उपाध्यक्ष पदमा भएको निर्वाचनमा चौहानले २२०, खड्काले १७९ र ठकुरीले ३१४ मत प्राप्त गर्दै निर्वाचन जिते । सो पदमा रामकृष्ण सिवाकोटी ११६ र श्रावण कुमार बर्तौला १२३ मत प्राप्त गर्दै पराजित भएका हुन।

महिला कोटामा पाण्डे र समावेशी तर्फ तामाङ निर्विरोध निर्वाचित भएका थिए ।प्रमुख सचिव पदमा विजय लामा २३६ मतसहित निर्वाचित हुँदा सुवास गौतम १७९ मत ल्याएर पराजित भए । ५ सचिव पदमा क्रमशः विजय घिमिरे, रितिक राज गिरी, विवेक कार्की, उर्मिला तामाङ र विज्ञान दोरजे बल, कोषाध्यक्ष पदमा अनिता कुमारी श्रेष्ठ निर्वाचित भएका छ्न। सम्मेलनबाट ४३ सदस्य समेत निर्वाचित भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस