काठमाडौँ दरबारमार्ग आसपास सवारी ठप्प

फोटो सेतो पार्टीबाट।
  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ आश्विन २, बुधबार (२ दिन अघि)
  • ४७ पटक पढिएको

काठमाडौँ दरबारमार्ग आसपास सवारी ठप्प

काठमाडौंको मुख्य सडकहरूमा सवारी जाम भएको छ।संविधान दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौंको दरबारमार्गमा नेशनल डे कन्सर्टको आयोजना हुँदैछ। त्यसको लागि बुधबार सडक बन्द गरी दरबारमार्गमा स्टेज बनाउने काम भइरहेको छ।

दरबारमार्ग सडक बन्द हुँदा आसपास क्षेत्रमा सवारी साधन जाममा परेका हुन्।लैनचौर, उत्तर ढोका, गैरीधारा, हात्तिसार, पशुपति, दिल्लीबजार सडक, कान्तिपथ लगायतमा जाम भइरहेको छ।

त्रिपुरेश्वर, थापाथली, माइतीघर, टुँडिखेल आसपास पनि जाम छ।आज बिहानै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै ट्राफिक डाइभर्जन गरिएको जनाएको थियो।

केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनलाई जमल तर्फ, जयनेपाल चोकबाट दक्षिणगेट तर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटी तर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई घण्टाघर तर्फ डाइभर्सन गर्ने जनाएको थियो।स्रोत:सेतो पार्टी।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस