काठमाडौंका स्थानीयलाई मेयर बालेनको अपमान

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ३, बिहिबार (२ दिन अघि)
  • ४१ पटक पढिएको

काठमाडौंका स्थानीयलाई मेयर बालेनको अपमान

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा चलिरहेको छ। तर,  काठमाडौं महानगरका बासिन्दाको ६१ हजार ७ सय ६७ मतले विजयी भएका जनप्रतिनिधिले नै उक्त पर्वको बहिष्कार गर्दा काठमाडौंका स्थानीयलाई खल्लो बनाएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंबासी महान् सांस्कृतिक पर्व इन्द्रजात्रालाई अपमान गरेको उनीहरुको ठम्याईं छ।

काठमाडौं महानगरपालिका वडानम्बर १० का  श्यामसुन्दर श्रेष्ठले बालेनलाई भोट  दिएर आफूलाई अहिले आएर पछुतो भएको बताए। यसैगरी वडा नम्बर ११ को वृद्ध हरिकृष्ण जोशीले आफूले युवाले केही गर्छन् कि भनेर भोट दिएको तर आफ्नो संस्कृतिमाथि अपमान गरेको उनको ठम्याई छ।

काठमाडौंवासीका लागि इन्द्रजात्रा निकै ठूलो चाड हो। यसको ऐतिहासिक महत्व त छँदै छ तर इतिहासदेखि यसप्रति सम्मान व्यक्त गर्न जुनसुकै शासन व्यवस्थाको समय भए पनि काठमाडौं नगरको प्रमुख सदैव उपस्थित हुने परम्परा थियो।

सर्वसाधारणले यसपटक पनि त्यही अपेक्षा गरेका थिए जुन स्वाभाविक र परम्परागत पनि थियो। तर, यसपटक इन्द्रजात्राजस्तो महत्वपूर्ण पर्वमा उनी भारत गएर बसिदिए।

इन्द्रजात्राको तिथि वर्षदिन पूर्व नै निर्धारित हुन्छ त्यसैले त्यो समयमा अन्य कार्यक्रमहरू नराख्न बालेनलाई कुनै अफ्ठेरो थिएन। तर, उनले इन्द्रजात्राको इज्जत गर्ने मनस्थिति बनाएनन्। उनी भारतमा आफूसँगै पढेका  पुराना साथीहरू भेट्न एक हप्ताअघि नै भारत गएका थिए। मेयर साहका स्वकीय सचिव भुपेन्द्र साहले गत मंगलबार नै मेयर साह भारत गएको जानकारी दिए।

हुन त मेयर साह काठमाडौंका स्थानीयवासी रैथाने समुदायका हैनन्। तर, काठमाडौंका जनताले भारी मत दिएर उनलाई मेयर पदमा जिताएका त पक्कै हुन्। जनताको अपार माया पाएपछि ती जनताको इतिहास र संस्कृतिप्रति सम्मान प्रकट गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य हुने गर्दछ। तर, उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट छन्।  राष्ट्रपति रामचन्द्र पौडेललाई उनले मन नपराएको हुनसक्छ। तर उनी सो कर्तव्यबाट मेयर साह च्यूत भएका छन्।

इन्द्रजात्रा काठमाडौंवासी नेवार समुदायको सदियौं पुरानो परम्परागत पर्व हो, काठमाडौंको जीवन हो, काठमाडौंको ढुकढुकी हो र त्यहाँको ऐतिहासिकता र पहिचानको महत्वपूर्ण चाड हो। तर, इतिहासमा पहिलोपल्ट नै होला सायद काठमाडौंका प्रमुखले इन्द्रजात्रालाई बेवास्ता गरेका छन् बिना कुनै उचित कारण।

‘उनका लागि भारतको कुनै विश्वविद्यालयका पूर्वविद्यार्थीहरूको भेला काठमाडौंको इन्द्रजात्राभन्दा महत्वपूर्ण भइदियो। उनले जनताको मतलाई भद्दा मजाक बनाएका छन्। बालेनले इतिहास र परम्परामाथि प्रहार गरेका छन्।’  वडा ९ का एक स्थानीयले भने।स्रोत:थाहा खबरबाट।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस