नेकपा (एमाले)अ ने.म.संघ गजुरीको अध्यक्षमा जानुका अर्याल चयन

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ५, शनिबार (१ महिना अघि)
  • १११ पटक पढिएको

नेकपा (एमाले)अ ने.म.संघ गजुरीको अध्यक्षमा जानुका अर्याल चयन

नेकपा एमाले पाटीको भातृसंगठन अखिल नेपाल महिला संघ गजुरी गाउँपालिकाको दोस्रो अधिबेशन फुडल्याण्डमा सप्पन्न भएको छ।

जहानियाँ राणाशासनको अन्त्य लगत्तै अर्थात् २००८ साल फागुन २४ गते अखिल नेपाल महिला संघ (अनेमसं) को स्थापना भएको हो । उक्त अधिबेशनबाट अध्यक्षमा जानुका अर्याल, उपाध्यक्षमा तारा रिजाल, सचिवमा सरस्वती प्रजापती/भण्डारी, उप-सचिवमा अञ्जना मिजार र सिता चेपाङ चयन भएका छ्न।

अखिल नेपाल महिला संघ गजुरी गाउँपालिकाको दोस्रो पालिका स्तरीय अधिबेशनमा कोपिला थपलियाको अध्यक्षता, अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य एवं धादिङ्ग जिल्ला ईन्चार्ज गंगा श्रेष्ठको प्रमुख अतिथि, विशेष अतिथि अ.ने.मा.संघ जिल्ला अध्यक्ष उमा नेपालको विशेष अतिथिमा कार्यक्रम सप्पन्न भएको हो।

अनेमा संघ केन्द्रिय सदस्य एवं धादिङ जिल्ला इन्चार्ज गंगा श्रेष्ठ को प्रमुख आतिथ्यतामा गजुरीमा भएको अधिवेशनले २१ सदस्यीय गजुरी गाउँपालिका स्तरीय कमिटी गठन गरेका छ्न।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस