बागमती प्रदेश सभाको बैठक आज बस्दै

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ६, आईतबार (१ महिना अघि)
  • ६९ पटक पढिएको

बागमती प्रदेश सभाको बैठक आज बस्दै

धादिङ : बागमती प्रदेश सभाको बैठक आज बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार चौंथो अधिवेशनको ३६ औँ बैठक दिउँसो १ बजे बस्न लागेको सचिवालयले जनाएको छ।

आजको बैठकमा विभिन्न संसदीय समितिबाट पारित भई प्रदेश सभा सचिवालयमा दर्ता भएका विद्येयकहरुको प्रतिवेदन प्रस्तूत गर्नै कार्यसूचि रहेको छ।

शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित भएका प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’, ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ र उद्योग, पर्यटन तथा वातावरण समितिबाट पारित भएको प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ माथि छलफल हुने सचिवालयले जनाएको छ।

बागमती प्रदेश सभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस