भरतपुरको पन्ध्रकिलोमा माइक्रो बस ट्याङ्करसँग ठोक्कियो, १६ जना घाइते

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ आश्विन ११, शुक्रबार (३ महिना अघि)
  • १३९ पटक पढिएको

भरतपुरको पन्ध्रकिलोमा माइक्रो बस ट्याङ्करसँग ठोक्कियो, १६ जना घाइते

मुग्लिङबाट नारायणगढ जाँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र नारायणगढबाट मुग्लिङ आउँदै गरेको बा.प्र.०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर गएराति साढे ११ बजेतिर ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

प्रहरीका अनुसार घाइते सबै  माइक्रो बसका चालकसहितका यात्रु हुन्। दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई चितवन मेडिकल कलेजमा उपचार गराइएको छ। चारजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त ट्याङ्कर चालक २९ वर्षीय पेमा लामा इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस