आइतबार काठमाडौं उपत्यकामा गृह मन्त्रालयले सार्वजनिक बिदा दिने


आइतबार काठमाडौं उपत्यकामा गृह मन्त्रालयले सार्वजनिक बिदा दिने

गजुरी/सरकारले आगामी आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्‍याएसँगै आइतबार भोटो जात्रा हुन लागेको हो।

वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहीबार जावलाखेल पुर्याइएको हो । रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चार दिनमा भोटो देखाइन्छ।

हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन रही आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस