गजुरीको महेन्द्रोदय मा.विमा असोज १८ गते दशै विशेष सांस्कृतिक तथा चिठ्ठा उपहार कार्यक्रम हुने


गजुरीको महेन्द्रोदय मा.विमा असोज १८ गते दशै विशेष सांस्कृतिक तथा चिठ्ठा उपहार कार्यक्रम हुने

गजुरी गाउँपालिका वडा नं.३ उज्ज्वल बाल क्लब र युवा रेडक्रस सर्कल,महेन्द्रोदय माद्यामिक विद्यालय द्वारा आयोजित विजया दशमी शुभकामना,चिठ्ठा तथा सांस्कृतिक कार्यक्रम असोज १८ गते हुने भएको छ।

कार्यक्रम संयोजक सुदिप थापा मगर, ब्यबस्थापक दोय कृष्ण मान श्रेष्ठ,जनक तिमल्सिनाका रहेका छ्न्। ब्यबस्थापक जनक तिमल्सिनाका अनुसार उपहार कार्यक्रम अन्तर्गत प्रथम पुरस्कार घोर्ले खसी १ जनालाई,दोस्रो पुरस्कार रङगिन टि.भि.१ जनालाई तृतीय पुरस्कार स्मार्ट फोन १ जनालाई चौथो पुरस्कार राईस कुकुर १ जनालाई सान्त्वना पुरस्कारहरु समेत राखिएको छ भने एकएक जनालाई प्रदान गरिने छ ।

कार्यक्रमको लागि अहिले टिकट वितरणको काम चलिरहेको तथा एक टिकटको मुल्य ५० पचास रहेको कार्यक्रमका सदस्य दिपक बरुवालले हाम्रो दैनिकलाई बताउनुभयो।

आइतबार हुने कार्यक्रम विभिन्न उपहार टिकट लिएका व्यक्तिलाई सांस्कृतिक कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको पनि उनले जनाएको छन् । सांस्कृतीक कार्यक्रममा पुरासिङ,ग्याङ्रराङ,
बरुवाल गाउँ,कोडगाउँ,केउरिनी,गजुरी लगायत विभिन्न ठाउँबाट आउने समेत कार्यक्रमका ब्यबस्थापक जनक तिमल्सिनाले बताए।

बाढी पहिरो साथै सुख्खा पहिरोको जोखिम बढ्न सक्ने भएकोले यसलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न शिक्षा तथा मानवस्रोत केन्द्रको सूचना जारी गरे लगत्तै गजुरी गाउँपालिकाले असोज १४ र १५ गते विदा दिने निर्णय गरे सगै १६ गते हुने कार्यक्रम स्थगित गरि १८ गते हुने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%

ताजा अपडेट

खोजी गर्नुहोस