गजुरी गाउँपालिकाको लगानीमा सडक बत्ति जडान,स्थानीयमा खुशी


गजुरी गाउँपालिकाको लगानीमा सडक बत्ति जडान,स्थानीयमा खुशी

धादिङ।गजुरी गाउँपालिकाले मलेखु खोला देखि बेल्खु खोला सम्म पृथ्वी राजमार्गमा सडक बत्ति जडान गरेको छ।

पृथ्वी राजमार्ग लगायत भित्री सडक,प्रत्येक टोलहरुमा रातीको समयमा स्थानीयबासीलाई हिडडुल गर्न, चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनिकरण गर्नका लागि सडक बत्ति जडान गरिएको हो।

गजुरी गाउँपालिकाको लगानीमा १७२ ओटा सोलार बत्ति सडकमा जडान गरिएको थियो।उक्त बत्तिमा ५२ ओटा मर्मत गर्न पर्ने देखिएकोले २९ ओटा मर्मत गरिएको छ भने २३ ओटा बाकीँ स्थानहरुमा दशैँ लगत्तै सामान आउनासाथ मर्मत गर्ने गजुरी गाउँपालिका प्रहरी प्रमुख केशरमान श्रेष्ठले बताए।

गजुरी गाउँपालिकाका सरकार प्रमुख गणेशलाल श्रेष्ठले मर्मत गर्न र भित्री टोलहरुका स्थानहरुमा सडक बत्ती जडान गर्न निर्देशन दिनुभएको हो।गजुरी गाउँपालिका वडा नम्बर-१ मा रहेको चौकी टोल , मुनाल टोल , बरुवाल टोल,विष्ट टोल लगायत स्थानहरुमा २२ वटा पोलमा सडक बत्ती जडान साथै गजुरी गाउँपालिका भवन देखि नयाँबारीको भित्री टोलहरुमा नि सडक बत्ती जडान गरिएको छ।

गजुरीको भित्री टोलहरुको भित्री सडक र सार्वजनिक स्थानमा बत्ती बालेर उद् घाटन समेत गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ ज्यू,गजुरी-१,र ६ का वडा अध्यक्ष तारानाथ भण्डारी,भक्त बहादुर तामाङ,गजुरी का समाजसेवी पुर्षोतम दास श्रेष्ठ,गजुरी १ का वडा सदस्य कुल बहादुर सुनार,सुधीर खरेल,ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिल्ली नारायण पाण्डे,समाजसेवी सुर्य तामाङ,श्याम न्यौपाने लगायत उपस्थित रहेको थियो।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    खोजी गर्नुहोस