कक्षा १२ को(पूरक)मौका परीक्षा नतिजा सार्वजनिक, ७० प्रतिशत पास

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक ४, आईतबार (२ दिन अघि)
  • ६५ पटक पढिएको

कक्षा १२ को(पूरक)मौका परीक्षा नतिजा सार्वजनिक, ७० प्रतिशत पास

काठमाडौं : कक्षा-१२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डको आजको निर्णयानुसार परीक्षा नतिजा प्रकाशित गरेको हो।

परीक्षा बोर्डका अनुसार परीक्षार्थी संख्या एक लाख २२ हजार एक सय ७१ जना थिए। जसमध्ये ८६ हजार दुई सय ४६ जना अर्थात् ७०.६० प्रतिशत ग्रेड प्राप्त गरेका छन्।

२ जनाको परीक्षाफल रद्द गरिएको र ३ जनाको परीक्षाफल स्थगित गरिएको परीक्षा बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०८१ साल भदौ २५ र २६ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस