एमाले र काँग्रेस पुँजीपतिको रक्षक भएकाले माओवादी एक्लै अघि बढ्ने प्रचण्डको उद्‌घोष

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक ११, आईतबार (२ महिना अघि)
  • १२२ पटक पढिएको

एमाले र काँग्रेस पुँजीपतिको रक्षक भएकाले माओवादी एक्लै अघि बढ्ने प्रचण्डको उद्‌घोष

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकार ढाल्न नभई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि खबरदारी गरेको बताएका छन्।

शनिबार काठमाडौँको प्रदर्शनीमार्गमा आयोजित पार्टीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। खबरदारीलाई गम्भीरतापूर्वक नलिए सरकारका लागि भोलिको दिन कस्तो हुन्छ भन्ने सन्देश खबरदारी सभाले दिएको प्रचण्डको भनाई थियो।

खबरदारी सभाको सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएन भने भोलिका दिन कस्तो हुने भन्ने संकेत गरेको छ’, संसद्‌मा आफूले दिएको अभिव्यक्ति स्मरण गर्दै उनले भने, ‘यो सरकार सुशासनविरुद्ध बनेको हो, भ्रष्टाचारी बचाउन बनेको हो र रातको अँध्यारोमा जालझेल र षड्‌यन्त्रले दलालको घरमा राति बन्यो भनेर भनेको थिएँ, आज सय दिन पुग्दानपुग्दै त्यो पुष्टि भएको देखियो।’

पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलनको जगमा संघीय गणतन्त्र र संविधान आएकाले त्यसैको रक्षाका लागि आफूहरूले खबरदारी गरेको बताए। उनले ढुक्कले सरकार चलाउन कांग्रेस र एमालेलाई आग्रह गर्दै अब मन्त्री वा प्रधानमन्त्री माग्दै नजाने स्पष्ट पारे।

‘अहिले सडकमा हामी आउँदा सरकार परिवर्तन गर्न खोजेको भन्नुभएको छ तर हामीले भनिसकेका छौं- तपाईँहरू पूरै चलाउनुस्, त्यतातिर हाम्रो ध्यान छैन। अहिले हामीले सरकार ढाल्न खबरदारी सभा गरेको होइन। बरु हामीले यो खबरदारी सभाको घोषणा गर्ने बित्तिकै सत्ता पक्षमा आतंक देखियो तर हामीले त्यसो भनेका छैनौं’, उनले भने, ‘तर तपाईँहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथिति र भ्रष्टाचारीको संरक्षणतिर नजानु होला।’

विगतमा सहकार्य गरेर बरु गल्ती गरेको महसुस माओवादीले गरेको उनले बताए। अब विगतका सबै गल्ती सच्याएर जनतासमक्ष माफी माग्दै अघि बढ्ने बताए। एमाले र कांग्रेसलाई पुँजीपतिको रक्षकको संज्ञा दिँदै उनले अबका दिनमा माओवादी एक्लै सच्चिएर अघि बढ्ने बताए।

‘माओवादीले के समीक्षा गरेको छ भने तपाईँहरू(कांग्रेस–एमाले) जस्ता  पार्टीहरू जो दलाल पुँजीपतिको प्रतिनिधिको रूपमा रहनुभएको छ, केही समयअघि सहकार्य गरेर, समीकरण गरेर गल्ती गर्‍यौँ भन्नेमा छौँ। हामी गम्भीर आत्मसमीक्षामा छौं’, उनले भने, ‘अब समीकरण गरौं हामीलाई मन्त्री दिनुस् भनेर आउने छैनौं। बरु तपाईँहरूसँग सहकार्य गरेर अलिअलि बिग्रिन लागिसेका थियौँ। प्रतिक्रियावादीसँग हिँड्दा उस्तै हुने खतरा पैदा भएको थियो। तपाईँहरूले बेलैमा निकालेर जनतातिर फर्काइदिनुभयो।’रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस