टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक १४, बुधबार (५ घण्टा अघि)
  • ४१ पटक पढिएको

टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर संचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सो संस्थाका कर्मचारीहरुबाट जम्मा गरिएको रकम हस्तान्तरणका क्रममा आज सिंहदरबारमा प्रधानमन्त्री ओलीले टेलिकम राष्ट्रको सम्पत्ति भएकोले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभएको हो । उहाँले उपकरण र प्रविधिका लागि कुनै सहयोग परेमा सरकारले गर्ने विश्वास दिँदै प्रतिस्पर्धी भावनाका संस्थाको साख माथि उठाउन आग्रह गर्नुभयो ।

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र सचिव राधिका अर्यालसमेत सहभागी सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले कर्मचारीबाट जम्मा गरिएको रु एक करोड २ लाख ७० हजार रकमको विवरणपत्र हस्तान्तरण गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस