एनएफपीजेको उपाध्यक्षमा धादिङका सिलवालको उम्मेदवारी

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक २३, शुक्रबार (२ महिना अघि)
  • १२३ पटक पढिएको

एनएफपीजेको उपाध्यक्षमा धादिङका सिलवालको उम्मेदवारी

धादिङ । धादिङ जिल्लामा रहेर पत्रकारिता गरिरहेका नारायण सिलवालले यहि कार्तिक २४ गते काठमाडौमा हुने राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) को २७ औं साधारण सभा तथा १३ औं अधिबेशनमा उपाध्यक्षमा उम्मेदवारि दिएका छन् ।

२०६१ सालमा आँखु सन्देशबाट पत्रकारिता सुरु गरेका सिलवालले २०६४–०६९ सम्म जनमुक्तिमार्ग साप्ताहिक, २०६५–०६६ गोरखापत्र दैनिक, २०६६–०७३ रेडियो बिहानी र २०७३ देखि धादिङपोष्टको प्रधान-सम्पादकका रुपमा कार्यरत छन् ।

२०७३ मा राष्ट्रिय फोटो पत्रकार समूहको सदस्यका लिएका उनी २०७४ सालमा फोटो पत्रकार संघ धादिङको अध्यक्ष बने । जिल्ला अध्यक्ष हुँदा फोटो पत्रकार तालिम, जिल्ला स्तरीय फोटो प्रतियोगिताहरु, धादिङका पुराना फोटो पत्रकार, फोटो ग्राफर सम्मान सँगैं पुराना क्यामराहरु प्रदर्शनी जस्ता कार्यक्रमहरु सम्पन्न भएका थिए ।

०७६ साल भदौमा राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको अध्यक्ष बनेका सिलवाल ०७८ पुसमा पुन बागमतीको अध्यक्ष बनेका थिए ०८० मंसिरमा भएको तेस्रो अधिबेशनबाट पनि उनी निर्विरोध अध्यक्षमा निर्वाचित भएका थिए ।

राष्ट्रिय स्तरको क्रियाशिल फोटो पत्रकारिता पुरस्कार समेत पाईसकेका उनले प्रदेशको कार्यकाल नसकिँदै उनीले केन्द्रिय अधिबेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस