गजुरीमा जेब्रा क्रसिङ निर्माण/मेटिएका ठाउँमा रङ लगाउने कामको थालनी:सुरज श्रेष्ठ


गजुरीमा जेब्रा क्रसिङ निर्माण/मेटिएका ठाउँमा रङ लगाउने कामको थालनी:सुरज श्रेष्ठ

गजुरी ०२,धादिङ।जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले गजुरी गाउँपालिकाको आदर्श माध्यमिक बिधालय जाने चोकबाट जेब्रा क्रसिङ निर्माण/मेटिएका ठाउँमा रङ लगाउने कामको थालनी गरेको छ ।

गजुरी गाउँपालिकाको सहयोगमा राजमार्ग क्षेत्रमा पर्ने बस्तीमा जेब्रा क्रसिङ निर्माण/रङ्ग लगाउने काम गरिएको कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुरज श्रेष्ठले हाम्रो दैनिकलाई बताउनुभयो ।

गजुरी गाउँपालिकाको आदर्श माध्यमिक बिधालय जाने चोक,आदर्श बहुमुखी क्याम्पस जाने चोक,मुनाल एकेडेमी जाने चोक गरेर आवश्यकता अनुसार ३ स्थानमा जेब्रा क्रसिङ निर्माण/रङ लगाउने काम गरिएको छ । भने गजुरीको आदमघाट,गल्छि-४ मास्टार जनकल्याण माध्यमिक विधालय अगाडि जेब्रा क्रस निर्माण गरिएको छ।

अब आउने दिनहरुमा ‘जेब्रा क्रसिङ पाँच सय मिटर दुरीमा हुनुपर्छ। अनावश्यक ठाउँमा बनाउँदा पैदलयात्रुलाई सास्ती हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘ विद्यालय,अस्पताल,पसल र धेरै मान्छे ओहोरदोहोर हुने ठाउँमा पर्याप्त जेब्रा क्रसिङ हुनुपर्छ। यसले सवारी गति नियन्त्रण गर्न सघाउँछ।’

गजुरी गाउँपालिकाको सहयोगमा बाटो ओहोर दोहोर गर्ने मुख्य स्थान र विद्यालय नजिकको स्थानमा जेब्रा क्रसिङ निर्माण/रङ्ग लगाउने काम गरिएको हो। कार्यालयले अरु पालिकासँग मिलेर पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गमा जेब्रा क्रसिङ निर्माण गर्ने योजनामा रहेको जनाएको छ ।

राजमार्ग क्षेत्रमा पहिल्यै निर्माण गरेका जेब्रा क्रसिङ मेटिदा बाटो काट्न गारो भएको गजुरी गाउँपालिका वडा नं.१ निवासी केशव खरेलले बताउनुभयो । हाट बजार क्षेत्र, विद्यालय क्षेत्र, मुख्य चोकहरुमा जेब्रा क्रसिङ निर्माण गर्दा पैदल यात्रुलाई सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका निरीक्षक सुरज श्रेष्ठले बताउनु भयो ।

धादिङ जिल्लाको पूर्व पश्चिम राजमार्गमा बिद्यालय र हस्पिटल क्षेत्रका स्थानमा जेब्रा क्रसिङ निर्माण गर्नुपर्ने देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

गजुरीमा जेब्रा क्रसिङमा विधालय लाग्ने र छुट्ने समयमा ट्राफिक प्रहरी, जनपद प्रहरी, नगर प्रहरी र विधालयका शिक्षक शिक्षिकाले मिलेर बाटो कटाउने गरिएको छ।

जेब्रा क्रसिङ भएको बाटोमा हिँड्दा केही हदसम्म सुरक्षित महशुस हुने उनले बताए। रङ खुइलिएका जेब्रा क्रसिङमा पुन: रङरोगन गर्नुभन्दा नयाँ बनाउन बढी ध्यान दिइने गरेको उनले बताए।साथै जेब्रा क्रसिङ बनाउनु परेमा स्रोतको ब्यबस्थापन भएमा बनाइदिने समेत प्रतिबद्धता ब्यक्त गरेका छ्न।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस