गजुरी गाउँपालिकाको सामुदायिक विद्यालयको एसएलसी नतिजा सार्वजनिक कुन बिधालयको कति?


गजुरी गाउँपालिकाको सामुदायिक विद्यालयको एसएलसी नतिजा सार्वजनिक कुन बिधालयको कति?

गजुरी गाउँपालिका भित्रका सामुदायिक माध्यमिक विद्यालयमा उत्कृष्ट जिपिएसहित उत्तीर्ण भएका बिद्यार्थीहरुको (ग्रेडेड) सार्वजनिक भएको छ।

सामुदायिक विद्यालयको व्यवस्थापनमा समुदायको सक्रियता बढ्दा पठनपाठनमा पनि क्रमिक सुधार हुँदै आएको र त्यसैको सकारात्मक प्रभाव एसएलसीको नतिजामा परेको विश्लेषण गजुरी शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत सन्तोष पौडेलले हाम्रो दैनिकलाई जानकारी दिनुभयो। व्यवस्थापन समिति स्कूलमा पठनपाठन राम्रो गराउन पहिलेभन्दा बढी सक्रिय हुन थालेको केही स्वतन्त्र अध्ययनहरूले पनि देखाएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले वि.सं. २०८१ मा लिएको एसएलसी (कक्षा १२) परीक्षामा गजुरी गाउँपालिकाको डाेल भञ्ज्याङ् माध्यमिक विद्यालयबाट ४२ जना विद्यार्थीहरु मध्ये ३४ जना (८०.९५ प्रतिशत )आदर्श माध्यमिक बिधालयबाट सहभागी कुल ११४ विद्यार्थीहरूमध्ये ७२ जना (६३.१५%),किरान्चोक माध्यमिक विद्यालयबाट ३२ विद्यार्थीमध्ये १८ जना(५६.२५%),महेन्द्रोदय माध्यमिक  विद्यालय बाट १८ जना विद्यार्थीमध्ये १० जना(५५.५५ प्रतिशत ),गजुरी पिडा माध्यमिक बिधालयबाट २८ जना मध्ये १४ जना (५०%)लेखिएर उत्कृष्ट जिपिएसहित उत्तीर्ण (ग्रेडेड)भएको गजुरी गाउँपालिका स्रोत शिक्षक सुजन भण्डारीले बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%३%१%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस