इजरायल र लेबनानबीच युद्धविरामको सम्झौता गर्ने तयारी भइरहेको छ ।भनेयो बैठकमा ६० दिन युद्धविराम गर्ने र लेबनानको भूमिबाट इजरायली सेना फिर्ता हुने प्रस्तावबारे छलफल हुने बीबीसीले जनाएको छ ।
इजरायलले लेबनानमा रहेका इरान समर्थित लडाकु समूह हिजबुल्लाहमाथि आक्रमण गर्दै आएको छ । प्रत्युत्तरमा लेबनानले पनि इजरायलमाथि आक्रमण गर्दै आएको छ ।
गत आइतबार मात्रै लेबनानको भूमिबाट हिजबुल्लाहले इजरायलमाथि २५० रकेट प्रहार गरेको थियो ।अमेरिकी अधिकारीले इजरायल–लेबनानबीच युद्धविरामको सम्भावनाबारे अभिव्यक्ति दिएका छन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले भनेका छन्, ‘हामी युद्धविराम गर्ने सहमतिको बिन्दु नजिकै पुगेका छौं ।’
अमेरिकी समाचार वेबसाइट एक्सियोस ने लेखेको छ, ‘इजरायल–हिजबुल्लाहबीच जारी युद्ध रोक्न इजरायल र लेबनान एक समझौताको प्रस्तावमा सहमत भएका छन् । विश्वास छ इजरायलको सुरक्षा मन्त्रिपरिषदले मंगलबार त्यो प्रस्तावलाई मन्जुरी दिने छ ।’
साथै यसबारे छलफल गर्न इजरायलको मन्त्रिपरिषद् बैठक बस्दै छ।