गजुरी गाउँपालिकाको किरान्चोक र महेन्द्रोदय माध्यमिक बिधालयलाई आवासीय बिधालय बनाउने


गजुरी गाउँपालिकाको किरान्चोक र महेन्द्रोदय माध्यमिक बिधालयलाई आवासीय बिधालय बनाउने

गजुरी गाउँपालिकामा भएका दश माध्यमिक बिधालय मध्ये दुई बिधालय महेन्द्रोदय माध्यमिक बिधालय र किरान्चोक माध्यमिक बिधालयलाई आवासीय बिधालय बनाउन लागिएको हो।

(किरान्चोक माध्यमिक बिधालय)

गजुरी गाउँपालिका सरकार प्रमुख एवं गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले विद्यालयमा शिक्षक दरबन्दी र अन्य सेवा सुविधालाई समेत गाउँपालिकाले प्राथमिकतामा राखेको बताए।विद्यालयमा असहाय, अनाथ, टुहुरा, विपन्न, गरिव तथा जेहेन्दार विद्यार्थी एवं अन्य इच्छुक बालबालिकालाई निःशुल्क आवास साथै खाना, पोशाक र स्टेशनरी सुविधा दिएर आवासीय बनाउन लागिएको हो।

विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेपछि उक्त विकल्प निकालिएको श्रेष्ठले बताए । ‘प्रत्येक वर्ष विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ,’ उनले भने, ‘विद्यार्थीको आकर्षण बढाउनका लागि आवासीय सुविधाको योजना ल्याएका हौँ ।’

विभिन्न अवसरको खोजीमा युवापुस्ताले गाउँ छाडेपछिविद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको हुनाले आवासीय सुविधा सम्पन्न बिधालय बनाउन लागिएको गजुरी गाउँपालिका वडा नं.८ अध्यक्ष देवराज ओझाले बताउनुभयो।

विद्यालयको व्यवस्थापन र स्थानीयको इच्छाशक्तिलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई नयाँ ढंग र मोटालिटीबाट अगाडी लैजान निरन्तर ‘विद्यालय राम्ररी चल्न व्यवस्थापन मजबुत हुनुपर्छ । प्रशासन राम्रो भएर काम हुन सक्यो भने अरु कुरामा सुधार हुँदै जाने गजुरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत सन्तोष पौडेलले बताए।

(महेन्द्रोदय माध्यमिक बिधालय)

आइतबार गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत,गजुरी गाउँपालिका वडा नं.८ वडा अध्यक्ष देवराज ओझा,गजुरी ३ वडा अध्यक्ष ऋषिलाल श्रेष्ठ,गजुरी-८ पुर्व वडा अध्यक्ष राजकुमार ढुंगाना,शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत सन्तोष पौडेल,स्रोत शिक्षक सुजन भण्डारी,गजुरी गाउँपालिका इन्जिनियर गोपाल शर्मा लगायतले बिधालय अनुगमन गरेका थिए।

उक्त बिधालयको स्ंरचना साथै भवनको मापदण्ड,त्यहाँको भौगोलिक वातावरण साथै न्यून सङ्ख्या भएका बिद्यालयहरु मर्च गरेर नजिक रहेको बिधालयहरुलाई मध्यनजर गर्दै आवासीय बिधालय बनाउन लागिएको हो।

किरान्चोक माद्यामिक बिधालय वि. सं.२०३२ सालमा स्थापना भएको हो। त्यो बेला प्राथमिक तहसम्म पढाइ हुन्थ्यो ।महेन्द्रोदय माध्यमिक बिधालय वि.सं.२०१८ सालमा स्थापना भएको हो।वि.सं. २०३८ सालबाट निम्न माध्यमिक विद्यालयमा स्तरोन्नती भयो ।वि.सं. २०५१ सालबाट माध्यमिक विद्यालयका रूपमा सञ्चालनमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस