भरतपुुरमा सार्वजनिक सुनुवाई, गुनासो नआउने गरी काम गर्न मेयर दाहालको निर्देशन

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ मंसिर १६, आईतबार (३ दिन अघि)
  • ११९ पटक पढिएको

भरतपुुरमा सार्वजनिक सुनुवाई, गुनासो नआउने गरी काम गर्न मेयर दाहालको निर्देशन

चितवन १४,मंसिर। भरतपुर महानगरपालिको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०८१/८२ को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रेणु दाहालले निर्माणधीन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गर्नुभयो।भरतपुरमा निर्माणधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीब्र रुपमा अघि बढेको बताउनुभयो । रंगशालाको काम अहिले १२ प्रतिशत पुरा भइसकेको छ ।

भ्रष्टाचार विरुदको अभियान चितवनको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरुले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए ।

सहभागीहरुले ६ लेन सडकमा ट्राफिक लाईट राख्नुपर्ने, फोहर व्यवस्थापन, घरबाहल कर, ड्रेनको निर्माण, भरतपुरका सडकको मापदण्ड, विमानस्थलको विस्तार लगायतका प्रश्न सोधेका थिए ।सहभागीहरुले गुनासो तथा सुझावहरुको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी लगायतले जवाफ दिनुभएको थिए ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुरमा मुख्य चोकमा ५ वटा ट्राफिक लाईट राख्ने कार्यलाई अगाडि बढाइएको बताउनुभयो । यस्तै उहाँले संघीय खानेपानी तथा सरसफाई योजनाबाट हुन लागेको ३ अर्बको योजनाको डिपिआर बन्ने अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । भरतपुरलाई सौन्दर्यकरण गर्न मापदण्ड विपरितका संरचना भत्काउने कार्य निरन्तर रुपमा अघि बढिरहने उहाँको भनाई थियो ।

महानगरपालिकाको आन्तरिक आय कम हुँदा हुँदै पनि सक्रिय पहल र समवन्यमा ठुला ठुला विकास निर्माणका कार्यहरु अगाडि बढाउन सकिएको उल्लेख गर्नुभयो ।६ लेन सडक निर्माण भए पश्चात सर्भिस लेनमा पाकिङ हुने समस्या हटेर जाने विश्वास व्यक्त गर्नुभयो ।

यसका लागि कार्यदल बनाएर काम भइरहेको जानकारी दिनुभयो ।
मेयर दाहालले कुनै पनि कुरामा गुनासो नआउने गसरी काम अगाडि बढाउन सम्बन्धीत महाशाखा, शाखाका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले महानगरपालिकाको कामलाई छिटो छरिदो बनाउन नयाँ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गर्न लागेको पनि प्रष्ट पार्नुभयो ।

कार्यक्रममा कार्यक्रममा जिल्ला समवन्य समिति चितवनका प्रमुख नारायणप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, चितवन प्रहरी प्रमुख गौतम मिश्रको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस