सुनसरीको बराहक्षेत्रबाट भरुवा बन्दुक र मृगको मासुसहित दुईजनालाई पक्राउ

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ पौष ९, मंगलबार (३ महिना अघि)
  • १९० पटक पढिएको

सुनसरीको बराहक्षेत्रबाट भरुवा बन्दुक र मृगको मासुसहित दुईजनालाई पक्राउ

विराटनगर : सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट प्रहरीले ३ थान भरुवा बन्दुक र मृगको मासुसहित दुईजनालाई पक्राउ गरेको छ।

सोमवार इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक विकास राई नेतृत्वको टोलीले बन्दुकसहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

उनका अनुसार चतराको चारकोशे जङ्गलमा मृग मारेर मासु काटिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका-१ का ४४ वर्षीय मनबहादुर राई र ४२ वर्षीय राजेन्द्र राई रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई सोमवार सार्वजनिक गरिएको थियो।

पक्राउ परेका सिकारीको साथबाट ३ थान भरुवा बन्दुक र मृगको मासु ५ केजी बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

२ दिन अघि

(Untitled)

खोजी गर्नुहोस