नवौं संस्करणको युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को तयारी अन्तिम चरणमा

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ पौष १०, बुधबार (१ दिन अघि)
  • ४६ पटक पढिएको

नवौं संस्करणको युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को तयारी अन्तिम चरणमा

काठमाडौं। काठमाडौंमा आयोजना हुने तय भएको नवौं संस्करणको युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ ।

आइयूपीएसी अन्तर्गत नेपालको आधिकारीक संस्था नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा हुने सम्मेलनमा हालसम्म ४२ विद्यालयका ७७ वटा परियोजना दर्ता भइसकेका छन् ।

सम्मेलनमा कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सहभागिता सुनिश्चित भएको छ । पुसको १२ र १३ गते काठमाडौंको कमलादीस्थित यूनिग्लोब कलेजमा आयोजना हुने सम्मेलनमा आईआईटी गुवाहाटीका प्रतिष्ठित प्राध्यापक तथा सेन्टर फर सस्टेनेबल पोलिमरका निर्देशक प्रा. डा. विमल कटियार मुख्य वक्ताको रुपमा रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत देशभरीका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न ५ विद्यामा आफ्ना अनुसन्धान परियोजना प्रस्तुत गर्नेछन् । जसमा जीव विज्ञान, रासायनिक र पर्यावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ्ग र रोबोटिक्स, कम्प्यूटर विज्ञान र कृत्रिम बौद्घिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि जस्ता विषय समावेश रहेका छन्।

प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई “युवा वैज्ञानिक”उपाधिले सम्मानित गरिनुको साथै सिङ्गापुरमा आयोजना हुने १४औं एशिया प्यासिफिक कन्फेरेन्समा सहभागिता जनाउनको लागि आवेदन दिन योग्य मानिनेछ ।

यसबाहेक छानिएका युवा वैज्ञानिकहरुले नेपाल पोलिमर इन्स्टिच्युटको राष्ट्रिय अनुसन्धान समितिको सहयोग र वैज्ञानिक मार्गदर्शनमा वैज्ञानिक समुदायमा आफ्नो क्षमताविस्तार गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुसन्धान र नेटवर्किङमा पहुँच प्राप्त गर्न सक्नेछन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस