पाँच संसदीय समितिको बैठक आज बस्दै

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ पौष ११, बिहिबार (१ महिना अघि)
  • ६२ पटक पढिएको

पाँच संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं पौष ११ बिहिवार।पाँच संसदीय समितिको बैठक बिहीबार बस्दैछ।

बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ। बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्ने छ।

बिहान ११ नै बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा लुम्बिनी क्षेत्र विकास कोष, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सगरमाथा क्षेत्रमा समितिको गरेको स्थलगत अनुगमनको क्रममा देखिएका समस्या र समाधानका विषयमा छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्यरप्रमुख सचेतक र सचेतकहरूसँग छलफल हुनेछ ।

दिउँसो १ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धमा छलफल हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस