|filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 180; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 48;
गजुरी गाउँपालिका वडा नं. ५ मा रुख ढलेर धादिङको इपि माईक्रोबस च्यापिँदा घाईते भएका एक जनाको मृत्यु भएको छ ।
उपचाररत रुविभ्याली गाउँपालिका वडा नम्बर १ बस्ने ७२ बर्षिया निर्माग तामाङको मृत्यु भएको हो । सोमबार बिहान धादिङबाट काठमाडौंतर्फ जादै गरेको बागमती प्रदेश ०१ -००६ ख ६५१२ नम्बरको माईक्रोबस च्यापिँदा निर्माग तामाङ घाईते हुनुभएको थियो ।
उपचारको क्रममा बीर अस्पतालमा मृन्यु भएको हो । साथै रूखले च्यापिएर घाइते भएका माइक्रोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ७ जना उपचार पश्चात् डिस्चार्ज भईसकेका छन् ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |