विवाहको हल्ला फैलाउने विरूद्ध साइबर ब्युरोमा उजुरी दिने गायिका रचना रिमालको चेतावनी

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ पौष १२, शुक्रबार (१ महिना अघि)
  • ९७ पटक पढिएको

विवाहको हल्ला फैलाउने विरूद्ध साइबर ब्युरोमा उजुरी दिने गायिका रचना रिमालको चेतावनी

काठमाडौं ।गायिका रचना रिमाललाई विवाहको झुटो खबरले हैरान बनाएको छ । केही समययता क्रिकेटर ललित राजवंशीको नाम जोडेर केही फेसबुक पेज र युट्युब च्यानलले ८ माघमा विवाह हुन लागेको हल्ला फैलाइरहेका छन् ।

९० हजार फलोअर्स रहेको एक फेसबुक पेजले ललित र रचनाले विवाह गर्न लागेको भन्दै शुक्रबार खबर लेखेको छ । उक्त पोस्टमा खण्डन गर्दै रचनाले साइबर ब्युरोमा उजुरी दिने चेतावनी दिएकी छन् ।

रचनाले लेखेकी छन्, ‘साइबर ब्युरोमै भेट होलाजस्तो छ पेज एडमिनलाई ।’ उनको यो प्रतिक्रियामा समर्थन गर्दै फ्यानले उक्त पेजविरुद्ध कानुनी उपचारमा जान सुझाव दिएका छन् । यति मात्र हाेइन, केही युट्युब च्यानल र फेसबुक पेजले समेत यी दुईको नाम जोडेर ट्रोल बनाउँदै आएका छन् ।

रचना यतिबेलाकी सर्वाधिक व्यस्त गायिका हुन् । सांगीतिक प्रस्तुतिका लागि उनी शुक्रबार तीनदिने यूएई यात्रामा निस्किएकी छन् । डिसेम्बर २९ मा दुबईको बरदुबईस्थित एस्टोरिया होटलमा झापाली समाज यूएईले आयोजना गर्न लागेको सांगीतिक कार्यक्रममा उनले प्रस्तुति दिनेछिन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस