समाजवादी पार्टीका कृष्ण अर्याल सहितका नेताहरु पुन: नेकपा एमालेमा फर्किए

  • हाम्रो दैनिक
  • / नेकपा एमाले /
  • २०८१ पौष १४, आईतबार (३ दिन अघि)
  • ६६ पटक पढिएको

समाजवादी पार्टीका कृष्ण अर्याल सहितका नेताहरु पुन: नेकपा एमालेमा फर्किए

धादिङ।धादिङमा नेकपा एकीकृत समाजवादी पार्टीबाट कृष्ण अर्याल पुन: नेकपा एमालेमा फर्किएका छ्न्।

नेकपा एमालेबाट छुटिएर नेकपा एकीकृत समाजवादीको केन्द्रीय अनुशासन विभाग सदस्यको जिम्मेवारीमा समेत रहेका अर्यालसहित हस्त बहादुर तामाङ, इश्वरी अर्याल, तुलकुमार श्रेष्ठ, सन्त बहादुर गुरुङ एमालेमा फर्किएका हुन्।

शनिबार एमाले पार्टी कार्यालय धादिङबेसीमा भएको बैठकमा चार जना नेतालाई एमाले जिल्ला कमिटीले स्वागत गरेको हो।समाजवादी पार्टीको भविष्य उज्ज्वल नहहेको र एमालेसंग छुटिएर बस्न नसकिने अवस्था रहेकोले एमालेलाई बलियो बनाउन पुरानै घर फर्किएको प्रतिक्रिया दिएका छन् । एमाले जिल्ला कमिटीको बैठकले स्वागत गरेसंगै बैठकलाई सम्बोधन गर्दै अर्यालले भन्नु भयो -‘बुझेर/नबुझेर केही समय घर बाहिर भयौं । एमाले छोडेर म बाहिर बस्न सकिन । अब घर फर्कियौं ।’

समग्र धादिङको पार्टी निर्माणमा अर्यालको महत्त्वपूर्ण भूमिका छ । नेकपा एमालेमा लामो समयदेखि राजनीति गर्दै आउनु भएका अर्याल समाजवादीमा लागेर केन्द्रिय सदस्य तथा केन्द्रिय अनुशासन आयोगको सदस्य समेत रहेका थिए ।

घर फर्किएका नेताहरुलाई स्वागत गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज खेमप्रसाद लोहनी र नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीले एमाले छाडेर अन्य दल पुगेका एमाले नेता तथा कार्यकर्ता क्रमिक रुपमा एमालेमा फर्कने क्रममा रहेको बताए।

नेकपा एमालेले पार्टी छाडेर अन्यत्र गएका नेता-कार्यकर्ताको घरफिर्ती कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिरहेको छ । जसका कारण एमाले छोडेर बसेका नेता कार्यकर्ताहरु पुरानै पार्टीमा फर्किने र अन्त्र पार्टीबाट एमाले प्रवेश गर्ने क्रम बढ्न थालेको नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीले बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस