आज पौष १५ गते सोमबार तारेका परिकार खाएर मनाइँदै

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ पौष १५, सोमबार (५ दिन अघि)
  • २२ पटक पढिएको

आज पौष १५ गते सोमबार तारेका परिकार खाएर मनाइँदै

काठमाडौं १५ पौष। आज घिउ–तेलमा तारेर पकाइएको खानेकुरा अथवा घिउ हालेको भात वा घिउ खट्टे खाने गरिन्छ।

घिउमा चामललाई भुटेर सखर हालेर बनाइने परिवारलाई घिउ खट्टे भनिन्छ। यसले शरीरमा ऊर्जासँगै ताप दिने जनविश्वास छ।

आज सुदूरपश्चिम प्रदेशमा पनि घिउ र तेलमा बनाइएको विभिन्न परिकार खाएर पुस १५ मनाइँदै छ। यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तथा तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमुल र डोटेली खानाका मिठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ।

कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फुर्तिलो हुने र तागत बढ्ने किंवदन्ती छ। पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको हो।

आजको दिन वनभोज जाने चलन पनि छ। पुस १५ गतेको रातलाई वर्षभरिकै सबैभन्दा लामो रात पनि मानिन्छ। पुस १५ गतेपछि दिन बिस्तारै लम्बिँदै जाने जनविश्वास छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस