मनहरी गाउँपालिका-५ वसन्तपुरमा बाघको आतंक स्थानीयमा त्रसित

फोटो फाइलबाट।

मनहरी गाउँपालिका-५ वसन्तपुरमा बाघको आतंक स्थानीयमा त्रसित

मनहरी १५,पौष।मकवानपुरकाे मनहरी गाउँपालिका ५ स्थित वसन्तपुरमा बाघले आतंक मच्चाएकाे छ । आइतबार साँझ बारीमा घाँस काटिरहेकी महिलालाई मारेकाे बाघले साेमबार बिहान साेही ठाउँमा ७ वटा बाख्रा मारेकाे छ ।

साेमबार बिहान ५ बजेकाे समयमा वसन्तपुरस्थित सुर्य बहादुर मोक्तानको घर नजिकै रहेको बाख्राको खोरमा छिरेर बाघले ७ वटा बाख्रा मारी खाेर रित्याएकाे हाे । ७ वटा बाख्रामध्ये एउटा बाख्रा बाघले लगेकाे बताइएकाे छ ।

साेही बाघले आइतबार साँझ बाघले ७२ बर्षीया कान्छीमाया रुम्बालाई आक्रमण गरि मारेकाे थियाे ।  घाँस काट्न गएको लामो समयसम्म पनि नफर्केपछि खोज्ने क्रममा गएका युवाहरुले कान्छीमायाकाे शव भेटिएकाे थियाे ।

नरभक्षी बाघलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सेनाकाे टाेली परिचालन गरिए पनि बाघ कता लुकेर बसेकाे छ भन्ने पहिचान भएकाे छैन ।

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक दिलिप पासवानको कमाण्डमा टोली खटिएकाे छ भने पर्सा बन्यजन्तु आरक्षबाट २ वटा हात्ती र नेपाली सेनाका मेजर ढलक बहादुर मोक्तानकाे कमाण्डमा सेनाका साथ  चितवन राष्ट्रिय निकुञ्जबाट समेत टोली खटिआएकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस