देशलाई च्याउको बीउमा आत्मनिर्भर बनाउँदै छौँ:कृषिमन्त्री रामनाथ अधिकारी

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / कृषि /
  • २०८१ पौष १५, सोमबार (५ दिन अघि)
  • ५४ पटक पढिएको

देशलाई च्याउको बीउमा आत्मनिर्भर बनाउँदै छौँ:कृषिमन्त्री रामनाथ अधिकारी

काठमाडौँ : कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताएका छन्।

सोमवार राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले काठमाडौँमा आयोजना गरेको च्याउ महोत्सवमा उनले यस्तो बताएका हुन्।

उनले  काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि डिपिआर सम्पन्न भइ कार्य अघि बढिसकेको बताए। उनले उक्त केन्द्रको निर्माण पश्चात नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा आत्मनिर्भर हुने विश्वास व्यक्त गरे।

उनले च्याउ खेतिबाट किसानको आयआर्जन बढाउन, पोषणयुक्त खाद्यपदार्थको उपलब्धता बढाउन र निर्यातको सम्भावना बढाउन समेत टेवा पुग्ने बताए।

उनले च्याउको गुणस्तरीय बीउको समस्याको कारण उत्पादक र उत्पादकत्व कम भएको उल्लेख गर्दै स्वदेशमै च्याउको गुणस्तरीय बीउ उत्पादनतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए।

मन्त्री अधिकारीले च्याउ खेतीको सुदृढिकरणका लागि सरकार, निजी क्षेत्र र किसानको संयुक्त प्रयास आवश्यक रहेको समेत बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस