अविरल वर्षाले काठमाडौँका सडक जलमग्न


अविरल वर्षाले काठमाडौँका सडक जलमग्न

मङ्गलवार काठमाडौँ उपत्यकामा बिहानैदेखि ठुलो वर्षा भैरहेको छ। जसका कारण विभिन्न स्थानका सडकहरू जलमग्न भएका छन् ।बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँका क्षेत्र जलमग्न हुने गरेको छ ।

मङ्गलवार काठमाडौँको टेकु, भोटेबहाल, रत्नपार्क क्षेत्रमा ढल थुनिएका कारण सडक र घर जलमग्न भएका छन् । साथै उपत्यका भएर बहने नदी तथा खोलाहरूमा पनि पानीको बहाव सतहको  तहभन्दा माथि पुगेको छ ।मनसुन अझै सक्रिय रहेकोले केही दिन सतर्कता अपनाउनु पर्ने देखिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस