समयमै काम सम्पन्न गर्ने निर्माण व्यावसायिलाई गजुरी गाउँपालिकाले सम्मान


समयमै काम सम्पन्न गर्ने निर्माण व्यावसायिलाई गजुरी गाउँपालिकाले सम्मान

गजुरी गाउँपालिकाले पालिका भित्रका विभिन्न विकास निर्माणका कामहरु समयमै सम्पन्न गर्ने निर्माण ब्यबसायिहरुलाई सभाहलमा सम्मान गरेकाे छ ।

निर्माण व्यावसायिकहरुले समय अगाडि नै काम सम्पन्न गरेको मा अध्यक्ष श्रेष्ठ खुशी व्यक्त गर्नुभयो। साथै विकास निर्माणका क्षेत्रमा काम गर्ने ब्यक्तित्वहरुलाई थप हाैसला स्वरूप गरिएको याे सम्मानले पछिल्ला दिनहरुमा काम गर्न अझै हाैसला प्रदान हुने कुरामा जोड दिँदै सम्मान गरिएको गजुरी गाउँपालिका सरकार प्रमुख एवं गा.पा.अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता,बिशेष अतिथी उपाध्यक्ष शर्मिला बिशुराल,प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी,वडा अध्यक्षहरु लगायतको उपस्थित रहेको थियो।

गजुरी गाउँपालिकाले इन्द्रा एन्ड सन्स कन्स्ट्रक्सन प्रा. लिमिटेड सिद्धलेख २ धादिङ,आरजी एण्ड ग्रुप कन्स्ट्रक्सन प्रा. लिमिटेड नयाँ बानेश्वर-१० काठमाडौं, रोमन र रीटा ईन्जिनियरिङ् निर्माण चन्द्रागिरि-७ काठमाडौँ, पल्विस कन्स्ट्रक्सन एण्ड सप्लायर्स, दिपुरसुन्दन-२,पल्विस कन्स्ट्रक्सन एण्ड सप्लायर्स, निभा बिल्डर्स एण्ड सप्लायर्स प्रा. लि. गजुरी-६, धादिङ,रक्तदेवी बिल्ड ग्रुप प्रा. धुनिबेसी-८ धादिङ,भैरवी कन्स्ट्रक्सन बिदुर-४नुवाकोट,सन्तानेश्वर कन्स्ट्रक्सन प्रा. लिमिटेड गजुरी-६ धादिङ का निर्माण व्यवसायी लाई सम्मान गरेको हाे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस