गजुरीको जिवन ज्योति बाल विकास केन्द्रमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण


गजुरीको जिवन ज्योति बाल विकास केन्द्रमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

धादिङ ।गजुरी गाउँपालिका वडा नम्बर १ स्थित जिवन ज्योति बाल विकास केन्द्र उज्यालो गाॅउमा विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण भएको छ।

कार्यक्रममा जीवन ज्योति बाल बिकास केन्द्रका प्रधानाध्यापक लक्ष्मी उप्रेतीले न्यानो कपडा र शैक्षिक सामग्री वितरण गर्नुभएको मा समाजसेवी बुद्धिजीवीहरुलाई धन्यवाद दिदै विद्यार्थीहरूलाई अध्ययन कार्यमा थप सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै जीवन ज्योति बाल बिकास केन्द्रका अध्यक्ष फुलमाया उपरकोटीले विपन्न र पछाडि परेका वर्गका विद्यार्थीलाई शिक्षामा समान अवसर प्रदान गर्न प्राथमिकता दिदै आएको पनि स्पष्ट पार्नुभयो ।

शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा समाजसेवीहरुले गरेको सहयोगको उच्च प्रशंसा गर्दै गजुरी-१ का वडा अध्यक्ष तारानाथ भण्डारीले आगामी दिनमा समेत यसरी नै निरन्तर बर्षौनी सहयोग गर्न आव्हान गरेका छ्न्।

सोमबार यस जिवन ज्योति बालबिकास केन्द्रमा सहयोग गजुरी-१ निवासी सहयोगी दाता कृष्ण बहादुर पण्डित,गजुरी-६ का मिलन अधिकारी,गल्छी गाउँपालिका वडा नं.७ का हिरा खडका,चन्द्रागिरी नगरपालिका वडा नम्बर ३ का मदन के सि,गोपाल थापा बाट ३५ जना विद्यार्थिहरुलाई न्यानो कपडा तथा कापी कलम बितरण गरिएको बिधालय प्रधानाध्यापक लक्ष्मी उप्रेतीले बताइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस