भारतमा सम्पन्न भएको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता मा बिजेता रुवीभ्याली गाउँपालिकाका खेलाडीहरुलाई धादिङ जिल्ला खेलकुद बिकास समिति द्वारा सम्मान गरेका छ्न्।
भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता २०८१ मा नेपालबाट प्रतिनिधित्व गर्दै रुवी भ्याली गाउँपालिकाका कराँते खेलाडीहरुले उत्कृष्ट प्रदर्शन सहित १० स्वर्ण लगायत जम्मा १९ पदक ल्याउन सफल भएका खेलाडीहरुलाई सम्मान सहित खेलकुद सामाग्री वितरण गरिएको धादिङ जिल्ला खेलकुद बिकास समितका धादिङका अध्यक्ष प्रताप सिंह तामाङले बताए।
धादिङ जिल्ला खेलकुद बिकास समितका अध्यक्ष तामाङले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिदै अघि बढेको बताउनुभयो।
छ महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूलाई बोलाएर खेल क्षेत्रको विकास, खेलाडीहरूको भविष्य निर्माण र भविष्य खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर संम्वाद र अन्तरक्रिया गर्दै आइरहेको समेत जिल्ला खेलकुद बिकास समित धादिङका अध्यक्ष प्रताप सिंह तामाङले बताउनुभयो।
खेलाडीहरुले प्राप्त गरेको पदकको विवरण प्रनिल घले ३० केजी तौल (१ स्वर्ण १ रजत पदक ), विवेक तामाङ (२ स्वर्ण पदक ), जोसिला तामाङ ४० केजी (१ स्वर्ण र १ रजत पदक), कृस माया तामाङ ४० केजी (२ स्वर्ण पदक), डिलरुपा तामाङ ५० केजी (१ स्वर्ण र कांस्य पदक ), म्यारि तामाङ काटा डेमो तर्फ (१ स्वर्ण पदक ), अनुस्का तामाङ ३० केजी ( १ रजत पदक तथा काटा डेमो तर्फ १ स्वर्ण पदक ), प्रकृति तामाङ ३५ केजी (स्वर्ण पदक र १ रजत पदक ), प्रशान्त तामाङ (१ कास्य पदक र १ कांस्य पदक) विशाल तामाङले ५० केजी तर्फ २ कांस्य पदक प्राप्त गरेका थिए।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |