प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ नत्र सडकमै उत्रिने प्रचण्डको चेतावनी

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ माघ ४, शुक्रबार (२० घण्टा अघि)
  • २२ पटक पढिएको

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ नत्र सडकमै उत्रिने प्रचण्डको चेतावनी

|माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौँ, ४ माघः प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र),का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीका जिज्ञासालाई सम्बोधन गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

शुक्रबार विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले भने, “संविधान संशोधन त प्रधानमन्त्री आफैंले ०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन इत्यादी आदिका बारेमा उल्टो गतिविधि गरिसकेपछि नैतिक रुपमा सरकारमा बसिसकेको आधार गुमाएको छ ।

नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । यसको अर्थ हामी सरकारमा जान खोजिएको भन्नु हुँदैन ।”विपक्षी दलहरू देशको स्थितिप्रति निकै चिन्तित भएको भन्दै अध्यक्ष दाहालले सरकारले आफूहरूको कुरालाई नजर अन्दाज गरेको खण्डमा विशेष अधिवेशन मात्रै नभई सडकमै पुग्न सक्ने चेतावनी समेत दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस