पर्साबाट ठूलो परिमाणमा गाँजासहित ट्रक चालक प्रहरीको नियन्त्रणमा

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ ६, आईतबार (२ हप्ता अघि)
  • ७९ पटक पढिएको

पर्साबाट ठूलो परिमाणमा गाँजासहित ट्रक चालक प्रहरीको नियन्त्रणमा

पर्सा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गाँजासहित एक ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले बरामद भएको गाँजाको परिमाण र पक्राउ परेको व्यक्तिको नाम अहिले सार्वजनिक गरिसकेको छैन । तर, स्रोतले भने वीरगञ्ज महानगरपालिका क्षेत्रबाट करिब १९५ किलो गाँजा बरामद भएको बताइएको छ।

उक्त गाँजा भारततर्फ लैजान खोजिएको सूचनाको आधारमा प्रहरीले कारबाही अघि बढाएको थियो । यस सम्बन्धमा विस्तृत विवरण केहीबेरमा सार्वजनिक गर्ने पर्सा प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस