नेपाल फाइनलमा उपाधिका लागि भारतसँग भिड्ने


नेपाल फाइनलमा उपाधिका लागि भारतसँग भिड्ने

नेपाल काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताकोफाइनलमा पुगेको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इरानमाथि ३-० सेटमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो।

जितसँगै नेपालले समूह चरणमा इरानसँग हारेको बदला समेत लिएको छ। समूह चरणमा नेपालले इरानसँग ३-२ को सेटमा पराजय भोगेको थियो।

मंगलबार उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो सेट २५-२१ ले जितेको थियो। रोमाञ्चक दोस्रो सेट नेपालले २८-२६ लेअघि रह्यो। दोस्रो सेटमा नेपालले इरानले तीन पटक म्याच प्वाइन्टमा पुगेको अवस्था उल्टाएकव थियो। तेस्रो सेट २५-२० ले जितेपछि खेल नेपाल फाइनलमा पुग्यो।

अब उपाधिका लागि नेपालले भोलि बुधबार भारतसँग खेल्नेछ। भारतले आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकामाथि ३-० सेटमा जित निकालेको थियो।

यसअघि नेपालले समूह चरणमा भारतमाथि ३-२ को जित निकालेको थियो। सो जित नेपाली महिला भलिबलले भारतविरुद्ध हात पारेको पहिलो जित थियो।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस