मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ ८, मंगलबार (१ दिन अघि)
  • ५६ पटक पढिएको

मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते

जनकपुरधामस्थित रामानन्द चौकमा भएको गम्भीर सवारी दुर्घटनामा मधेश प्रदेशका स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंह घाइते भएको घटनाले व्यापक चासो र चिन्ता उत्पन्न गरेको छ।

स्वास्थ्य मन्त्री चढेको मधेश प्रदेश ०२-००१ झ-०१६५ नम्बरको गाडी पर्सास्थित खानेपानी डिभिजन कार्यालयको मधेश प्रदेश ०३-००१ झ-००९६ नम्बरको अर्को सरकारी गाडीमै ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मन्त्रीको गाडी र अर्को गाडी एक आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो। घटनास्थलमा उपस्थित स्थानीयले प्रहरीलाई खबर गरेपछि मन्त्रीलाई सुरक्षित रूपमा निकालेर प्रादेशिक अस्पतालमा उपचारको लागि पठाइएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ,भने यस घटनाले सडक सुरक्षाको महत्त्वलाई पुनः उजागर गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस