गजुरी गाउँपालिकाको आयोजनामा पालिका स्तरीय माध्यमिक तह(कक्षा ९-१०) वादविवाद प्रतियोगिता हुने


गजुरी गाउँपालिकाको आयोजनामा पालिका स्तरीय माध्यमिक तह(कक्षा ९-१०) वादविवाद प्रतियोगिता हुने

गजुरी गाउँपालिका शिक्षा युवा तथा खेलकूद शाखाको आयोजना मा पालिका स्तरीय माध्यमिक तह (कक्षा ९-१०) वादविवाद प्रतियोगिता आयोजना हुने भएको छ।

गजुरीको स्रोत केन्द्र भवनमा किताबी ज्ञान भन्दा व्यावहारिक ज्ञान उत्तम शिर्षकमा वादविवाद प्रतियोगिता माघ ११ गते हुन लागिएको हो।१ जना छात्रा, १ जना छात्र गरी २ जना (शिक्षक प्रतिनिधि १ जना)प्रतियोगितामा सहभागी मध्ये १ जनाले पक्ष र १ जनाले विपक्षमा आफ्नो तर्क प्रस्तुत गर्नुपर्ने शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत सन्तोष पौडेलले बताए।

प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूले पक्ष वा विपक्षमा आफ्नो तर्क प्रस्तुत गरेर प्रतिस्पर्धा गर्न पाउनेछन्, जसले गर्दा उनीहरूमा आत्मविश्वास र वक्तृत्वकला पनि सुधार हुने आयोजकको भनाइ छ।

गजुरी गाउँपालिकाले माध्यमिक विद्यालयहरूका लागि आयोजना गर्न लागेको वादविवाद प्रतियोगिताको सूचना निकै रोचक र शैक्षिक छ।साथै पक्ष र विपक्षमा तर्क प्रस्तुत गर्ने दुवै समूहबाट छुटाछुट्टै प्रथम, द्वितीय र तृतीय घोषणा हुनेछ।

प्रतियोगिता विद्यार्थीहरूको तर्कशक्ति विकास गर्न र उनीहरूलाई व्यावहारिक तथा किताबी ज्ञानको महत्त्व बुझाउन उपयोगी हुनेछ।
वादविवाद प्रतियोगितामा आउँदा सहभागीले अनिवार्य बिधालय बाट पत्र लिएर आएमा मात्र सहभागी हुन पाउने शिक्षा युवा तथा खेलकुद शाखाले अनुरोध गरेको छ।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    खोजी गर्नुहोस