धादिङ १२ माघ।वाईसीएल नेपाल धादिङ, बेनीघाट रोराङ गाउँपालिका समितिको दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ।सम्मेलनबाट अध्यक्ष रामशरण बराम,सचिव रोसिक सिल्वाल लगायतको नेतृत्वमा गठित २५ सदस्यीय पालिका समिती चयन भएको छ।
कार्यक्रमका प्रमुख अतिथि चन्द्र बहादुर सिल्वाल (मिलन) ले युवाहरू परिवर्तनको संवाहक हुन्, समाज रूपान्तरणका लागि उनीहरूको एकता, दृढ संकल्प, र संगठनात्मक बल आवश्यक छ।
वाईसीएललाई गाउँ-गाउँसम्म विस्तार गर्दै बाँकी रहेका पालिका तथा नगरपालिकामा संगठन सुदृढ गर्ने अभियानलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताउदै युवा जागरूकता, नेतृत्व विकास, र सामाजिक न्यायका लागि वाईसीएलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संगठनलाई अझ सशक्त बनाउनु पर्ने कुरामा जोड दिनुभयो।
वाईसीएल धादिङ जिल्ला अध्यक्ष राजन लम्साल “ज्वाला” ले बाकीँ रहेका पालिका र नगरपालिकाहरूमा संगठन विस्तार र अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको छ।
उहाँले नयाँ कमिटीहरू गठन गरी संगठनको उपस्थितिलाई सबै स्थानीय तहमा सुदृढ बनाउने, युवाहरूलाई सक्रिय रूपमा संगठित गर्ने, र न्याय, समानता, तथा परिवर्तनका लागि संघर्षलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
युवाहरूको जोश, जाँगर, र संगठनात्मक बलका आधारमा वाईसीएललाई अझ सशक्त बनाउँदै जनताको अधिकार र न्यायका लागि लड्ने अभियानलाई निरन्तरता दिने उहाँको भनाइ थियो।
“युवाको सक्रियता बिना समाज परिवर्तन सम्भव छैन!” भन्दै उहाँले संगठनको महत्वलाई थप स्पष्ट पार्नुभयो। नयाँ नेतृत्वको मार्गदर्शनमा वाईसीएलले न्याय, समानता, र परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने दृढ विश्वास व्यक्त गरिएको छ।
वाइसीएल जिल्ला सचिव राजन लामाले संगठन विस्तार, युवा सशक्तिकरण अभियानलाई बलियो बनाउन सबै युवाहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्दै अन्याय भष्टाचार गर्ने निकाय विरुद्ध एकजुट भएर लाग्ने बताउनुभयो।
यस ऐतिहासिक सम्मेलनले वाईसीएलको संगठन विस्तार, युवा एकता, र सामाजिक परिवर्तनको दिशामा नयाँ ऊर्जा थप्नेछ भन्ने विश्वास लिइएको निर्वाचित बेनिघाट रोराङ वाइसीएल सचिव रोसिक सिल्वालले बताए।
उहाँले नयाँ कमिटीहरू गठन गर्दै संगठनलाई बलियो बनाउने, युवाहरूलाई संगठित गरी सामाजिक न्याय र समानताका लागि संघर्षलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस नयाँ नेतृत्वले संगठनलाई अझ मजबुत बनाउँदै युवा सशक्तिकरण, सामाजिक न्याय, समानता, र राष्ट्रनिर्माणका अभियानहरूलाई सशक्त रूपमा अघि बढाउन निरन्तर लाग्ने नेकपा माओवादी केन्द्र बेनिघाट रोराङ गाउँपालिका पार्टी कमिटीका अध्यक्ष खेमराज भुजेलले बताउनुभयो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |