दिगो विकासका लागि स्थायीत्व आवश्यक:उद्योग मन्त्री भण्डारी

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ १५, मंगलबार (२ दिन अघि)
  • ५२ पटक पढिएको

दिगो विकासका लागि स्थायीत्व आवश्यक:उद्योग मन्त्री भण्डारी

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले स्थायीत्वले मात्रै दिगो विकास सम्भव भएको बताउनुभएको छ ।
मंगलबार गृह जिल्ला बैतडी पुग्नुभएका मन्त्री भण्डारीले पाटन नगरपालिका–०२ सिलङ्गा स्थित सिद्धनाथ माविको वार्षिकोत्सव समारोहमा बोल्दै छोटो समयमा सरकार बदलिने कारणले विकासमा पनि बाधा पुगेको बताउनुभयो ।

“स्थायीत्व भए मात्रै दिगो विकासको अनुभुति गर्न सकिन्छ, भारत र चिन जस्ता देशहरु दीर्घकालिन सरकारकै कारण द्रुत विकासको उपभोग गरिरहेका छन्,” मन्त्री भण्डारीले भन्नुभयो, “राजनितिक स्थायीत्व आवश्यक छ, प्रणालीभित्र पनि नीतिगत त्रुटीहरु छन् यसलाई सच्याउनु पर्नेछ, त्यसमा सरकार लागेको छ ।” उहाँले आफु पनि १बर्षकै अवधी भित्र ३ पटक मन्त्री बनेको बताउनुभयो ।

बैतडीबाट प्रतिनिधित्व गरेर उद्योग मन्त्रालयको जिम्मेवारी समाल्दा आफु कहिकतै नडगमगाएको मन्त्री भण्डारीको दावी छ । लामो समयसम्म बैतडीबाट प्रतिनिधित्व गरिरहेको बताउँदै उहाँले आधारभूत विकासका संरचना, विकासका आयोजना, गुणस्तरीय शिक्षा प्रदान लगायतका सेवा प्रवाहमा प्रतिवद्धता जनाए अनुसार काम भइरहेको बताउनुभयो ।

उहाँले बैतडीको झुलाघाट स्थित महाकाली नदीमा मोटरेबल पूल निर्माणका लागि भारत सरकार संग निरन्तर छलफलमा रहेको बताउनुभयो ।बैतडीका जनताले दिएको मतको सम्मानमा जनताको अहित हुने काम कहिले नगरेको समेत उहाँको दाबी छ । जिल्लाका माग र समस्या सम्बोधनमा आफ्नो ध्यान केन्द्रित रहेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धनबाट बनेको सरकार पूर्व सहमती अनुसार नै अघि बढेको बताउँदै उहाँले डेढ वर्षपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने बताउनुभयो ।वर्तमान सरकारले विकासका बाधक रहेका ऐन, कानुनहरुलाई संसोधन गरिरहेको र अब यसले छिट्टै नतिजा दिने मन्त्री भण्डारीले बताए।


सोही कार्यक्रममा सहभागि सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र पालले वडा नं २को भौतिक विकासका लागि आफ्नो पहल रहीरहने बताउनुभयो । विगतमा बजेट निर्माणमा भएको कमजोरीलाई सुधार गरेर अघि बढीरहेको समेत बताउनुभयो ।

यसैगरी कार्यक्रममा सहभागि प्रदेशसभा सदस्य जानकी ऐर बमले शैक्षिक विकासको लागि आफ्नो सक्दो पहल रहने बताउनुभयो । ‘शिक्षा क्षेत्रमा देखिएका थुप्रै समस्या छन्, भौतिक पुर्वाधार, शिक्षक दरबन्दीका विषयमा आफ्नो पहल रहनेछ,’ सदस्य बमले भन्नुभयो ।

वार्षिकोत्सव कार्यक्रमको अवसरमा नेकपा एमाले पाटन नगरकमिटि उपसचिव महेश प्रशाद पन्तले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । कार्यक्रममा सहभागि मन्त्रीद्वय भण्डारी र पालको हातबाट सो शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस