धादिङ १९,माघ।नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन धादिङको तेस्रो भेला सम्पन्न भएको छ। उक्त भेलाबाट जिल्ला अध्यक्षमा युनियन बन्जरा सहित १३ सदस्यीय निर्वाचित भएका छ्न्।
शनिबार बेनीघाट रोराङ गाउँपालिका-७ रिभर विच रिसोर्टमा कार्यक्रम गर्दै नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन धादिङको तेस्रो भेलाबाट अध्यक्षमा युनियन बन्जरा (त्रिपुरासुन्दरी गाउँपालिका) बरिष्ठ उपाध्यक्ष संगित सुवेदी (बेनिघाट रोराङ गाउँपालिका)उपाध्यक्षमा शंकर पण्डित (गजुरी गाउँपालिका),राजन सिंखडा (ज्वालामुखी गाउँपालिका)कोषाध्यक्ष नवीन खड्का (थार्के गाउँपालिका) महासचिव राजाराम रिजाल (निलकण्ठ नगरपालिका)सचीव श्री राना मगर (बेनिघाट रोराङ गाउँपालिका) सर्वसम्मत निर्वाचित भएका छन्।
साथै सदस्यहरुमा प्रकाश न्यौपाने (गजुरी गाउँपालिका)सुजन सिटौला(त्रिपुरासुन्दरी गाउँपालिका) गणेश बहादुर श्रेष्ठ (गल्छी गाउँपालिका)शैलेन्द्र सिल्वाल (सिद्वलेक गाउँपालिका)जनक श्रेष्ठ (गजुरी गाउँपालिका)लगायत निर्वाचित भएका हुन्।
कार्यक्रममा नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन,धादिङ जिल्ला अध्यक्ष पदम बहादुर श्रेष्ठको अध्यक्षता,प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज पुष्पबिक्रम मल्ल, विशिष्ट अतिथि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कटेल,अतिथि गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ,बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष विवेक थपलिया,नेपाल राष्ट्रिय निर्माण व्यावसायिक संगठनका केन्द्रिय महासचिव मङगलबहादुर शाही,नेकपा माओवादी केन्द्र धादिङ जिल्ला अध्यक्ष मनराज भण्डारी (शैलेश),नेकपा माओवादी केन्द्र गजुरी गाउँपार्टी कमिटी अध्यक्ष सुर्य बहादुर तामाङ लगायतको उपस्थित रहेको महासचिव राजाराम रिजालले बताउनुभयो।
गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनलाई काम गर्न पछि नहट्न आग्रह गर्नुभएको छ। उहाँले विकास निर्माणका कामहरूलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै निर्माण व्यवसायीहरूलाई पारदर्शी र समयमै काम सम्पन्न गर्ने निर्माण व्यावसायिलाई सम्मान समेत गजुरी गाउँपालिका सरकारले गर्ने गरेको बताए।
खासगरी, बिल पास गर्ने प्रक्रियामा ढिलाइ, प्रभावशाली पहुँच भएकाहरूलाई मात्र सहजता, अनि काम समयमा सम्पन्न गर्ने व्यवसायीहरूलाई अनावश्यक झमेला दिने प्रवृत्तिको कडा विरोध गरिएको नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन, धादिङका निर्वाचित कोषाध्यक्ष नवीन खड्का बताउनुभयो।
भेलामा हालको राज्यसत्ताले सीमित नेताको पक्षपोषण गर्दै वास्तविक रूपमा इमानदार र गुणस्तरीय काम गर्ने व्यवसायीहरू लाई झन्झट दिने नीति अपनाएको भन्दै आलोचना समेत आएको निर्माण व्यावसायिकको भनाइ छ।
निर्माण व्यवसायीहरूको हकहित र भैरहेका अन्यायको विरुद्ध आवाज उठाउन महत्वपूर्ण माध्यम बन्ने व्यावसायिकहरुले जनाएको छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |